ऐश्वर्याले किन मागिन् १० करोड



मुम्बई, ९ माघ
अभिनेत्री ऐश्वर्या राय बच्चन पछिल्लो समय राजकुमार राव र अनिल कपुरको साथ चलचित्र ‘फन्ने खां’ अभिनयमा ब्यस्त छिन् । अहिले खबर आएको छ कि उनले अहिले एक चलचित्रका लागि १० करोड मागेकी छन् ।

१९९७ मा निर्मित चलचित्र ‘रात और दिन’को रिमेक भर्सनका लागि उनले १० करोड पारिश्रमिक मागेकी हुन् । उनलाई नरगिस दत्तको भूमिकामा अफर गरिएको छ । निर्माताले ऐश्वर्याको डिमान्ड मानिसकेका छन् ।

रात और दिनका रिमेक प्रेरणा अरोडाले गर्न लागेकी हुन् । चलचित्रमा ऐश्वर्याको दोहोरो भुमिका रहेको छ । डबल रोलका कारण चलचित्र अभिनयमा पनि ऐश्वर्याले धेरै समय दिनु पर्नेछ । जसका कारण उनले आउँदो केही चलचित्र छोड्नु पर्ने हुन्छ ।

पहिलो सिक्वेलमा नरगिसका अलवा प्रदीप कुमार, फिरोज खान, अनुपम कुमार लगायतको अभिनय रहेको थियो । यो चलचित्र अभिनयका कारणले नरगिसले नेशनल अवार्ड समेत जितेकी थिइन् ।

अहिले निर्माण हुन लागेको चलचित्रमा एश्वर्याको अलवा को-को कलाकार रहने भन्ने बिषयमा अहिले सार्वजनिक गरिएको छैन । चलचित्रको सुटिङ छिट्टै सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्