नन्द भाउजुबीचको अनौठो बिहे



काठमाडौं, ९ माघ

भारतको गुजराँतस्थित एक गाउँमा यस्तो अनौठो प्रथा छ, जहाँ नन्द र भाउजुबीच बिहे हुन्छ । नन्द भाउजुबीचको सम्बन्धलाई विशेष मानिन्छ । तर भारतको गुजराँतमा चाहीँ नन्द र भाउजुबीच बिहे हुने अनौठोचलन रहेको छ  ।

त्यहाँ बेहुला बेहुलीबीच बिहे हुनुअघि बेहुलीको बिहे बेहुलाकी बहिनीसँग गराइन्छ । बेहुलाले तबसम्म बेहुलीलाई लिएर जान पाउँदैन जबसम्म उसकी बहिनीले हुनेवाला भाउजुलाई घरधन्दा अर्थात् बुहार्तनको सबै कुरा सिकाउँदिनन् ।

सुन्नमा निकै अनौठो लागेपनि यो प्रचलन निकै वैज्ञानिक रहेछ । गाउँलेहरुका अनुसार बेहुलीको नयाँ जिन्दगी सुरु गर्न तथा नयाँ घरमा भिज्नका लागि उनका नन्दहरुको ठूलो योगदान हुन्छ ।

नन्दले नयाँ घरको बारेमा भाउजुलाई बताउँछन् र सुरुवाती दिनमै नन्द भाउजुबीच मित्रता हुन्छ । यसले अन्ततः बेहुलीलाई कर्मघरमा निकै सजिलो हुन्छ । उनलाई लोग्नेको घरको चालचलन, संस्कार, नातागोता आदिको बारेमा बुझ्ने मौका प्राप्त हुन्छ ।

गाउँमा बिहेको दिन अर्को रोचक परम्परा पनि छ ।

बिहे अवधिभर बेहुलाकी बहिनीले आफ्नो शिरमा चामल भरिएको अम्खोरा राख्छिन् । यसरी चामल भरिएको अम्खोरा शिरमा राख्दा आफ्नो दाजूमाथि कुनै दुष्ट नजर नपर्ने मान्यता छ । यो गाउँमा उल्टो दाइजो प्रथा छ । दुलहीका घरवालाले होइन दुलाहापट्टकिाले दाइजो दिनुपर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्