२ मुख र ३ आँखा भएको अनौठो गाई भेटीयो



हेटौडा, ९ माघ
तपाईले कहिल्यै २ वटा मुख र ३ वटा आँखा भएको गाईलाई देख्नुभएको छ ? हालै गुल्मीमा यस्तै प्रकारको अनौठो गाई फेला परेको छ ।

मकवानपुर हेटौडा उपमहानगरपालिका १८ मा रहेको त्रिनेत्र गौरी माता मन्दिरको टोलीले गुल्मी ल्याएको २ मुख र ३ आँखा भएको गाई हेर्न वामीटक्सार बजारका मानिसहरु उक्त गाई हेर्नकोलागि भिड लागेका छन् ।

मन्दिरको सहयोगार्थ यो अनौठो प्रकारको गाई लिएर गाउ र शहरमा घुमाइने गरेको जानकारी समेत पाइएको छ । उक्त अनौठो गाइलाई गुल्मीका बामीटक्सार, कुर्घा मुसिकोटलगायतका अन्ने स्थानहरुमा गाडीमै राखेर घुमाइएको छ ।

यो अनौठो प्रकारको गाई हेर्न आउनेहरुले ढोग्ने र भेटी चढाउनेको घुँइचो नै लागेको छ । २०६८ फाल्गुन १६ गते स्थानीय व्यक्तिको घरमा जन्मेको गाईलाई मन्दिर समितिले संरक्षण गरेर जोगाउदै विभिन्न जिल्लाका सर्वसाधरणलाई देखाउदै आएको छ । जुन गाईले नव्याउँदै दुध दिने गरेको समेत बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्