ओलि र हिमानिको अपरिचित भेट



काठमाण्डौ, ९ माघ

केहिदिन अघि थाइल्याण्डको बैंककमा उपचारका लागि पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यहां पुर्व युपराज्ञी हिमानी शाहलाई भेटेको खुलासा भएको छ । उनले त्यहां एक पटक होइन दुई पटक भेटेका रहेछन् ।

एमाले अध्यक्ष ओलीले आफुले हिमानीलाई बैककमा भेटेको विषयमा वामगठबन्धनको एकता संयोजन समितिको बैठकमै ब्रिफिगं गरेका छन् ।
उनले ब्रिफिगंका क्रममा हिमानीसंग दुई पटक भेट भएको बताए । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ‘ब्याङ्ककमा छँदा तपाईंको हिमानीसँग भेटघाट र वार्ता भएको भन्ने आएको छ। कुरा के हो भनेर सोधे पछि ओलीले जवाफ दिएका थिए ।

बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आइतबार अपरान्ह आयोजित एकता संयोजन समितिको बैठकमै नेपालले सो प्रश्न गरेका हुन् ।
नेपालको प्रश्न पछि संयोजन समितिको बैठक जहां एमाले माओवादी दुवै पार्टीका सहभागी थिए त्यहां आलिले यसो भने ।

नेपाल फर्कने भन्दा अघिल्लो दिन ३ माघमा म राधिका कमरेड ओली पत्नी० र राजेश ओलीका सहयोगी राजेश बज्राचार्य सँगै एउटा पार्कमा घुम्न गएको थिएँ। हाम्रो साथमा उपचारमा संलग्न एकजना डाक्टरपनि थिइन्। उनी छोरीसहित हामीसँगै त्यो पार्कमा घुम्न गएकी थिइन्। पार्कमा घुम्दाघुम्दै एकजना केटीसँग भेट भयो। तिनको साथमा अर्की एउटी केटीपनि थिइन्। ती केटी पाइन्ट सर्टमा थिइन्। मैले ह्याट लगाएको थिएँ।

डाक्टरका छोरीसँग तिनको चिनजान रहेछ। उनीहरुले हात मिलाए। हामीसँगै भएकाले सर्ट पाइन्ट लगाएकी ती केटीले हेल्लो भनेर हात मिलाइन्। मैले पनि मिलाएँ। सर्ट–पाइन्टमा भएकाले मैले उनलाई हिमानी भनेर चिन्न सकिनँ। पछि हामी होटलमा फक्र्यों। फर्कने बेला सर्ट पाइन्ट लगाउने ती युवती हिमानी होइनन् र भनेर राधिकाले सोधिन्। मैले होइन होला भनें। त्यो कुरा यत्तिकै टुङ्गियो।

तर नेपाल फर्कने दिन हिमानी र हामी एउटै जहाजमा पर्‍यौं। हाम्रो सिट नजिक नजिक रहेछ। उनैले मलाई नमस्कार गरिन्। र, भनिन्, ‘हिजो पनि हाम्रो भेट भएको रहेछ, तर मैले चिन्न सकिनँ।’ मैले ‘मैलेपनि तपाईंलाई चिन्न सकिनँ’ भन्ने जवाफ दिएँ। त्यसपछि स्वास्थ्य अवस्थाबारे केही कुरा भयो अनि उनी झ्यालको सिटमा गएर बसिन्।

प्रतिक्रिया दिनुहोस्