लालबावु भन्छन्, अपराध हेरी खुल्ला जेलको अवधारणा ल्याउनु पर्छ



विराटनगर, ८ माघ
मोरङको कारागार विराटनगरमा सरोकारवालाहरुले अनुगमन तथा निरीक्षण गरेका छन् । विभिन्न अपराध गरी सजाय काटीरहेका कैदीबन्दीहरु बसोबास गर्ने भवन तथा उनीहरुको अवस्था बुझन सरोकारवालाहरुले सोमबार अनुगमन तथा निरीक्षण गरेका छन् ।

निरीकक्षण पछि आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तथा एमाले नेता लालबावु पण्डितले अपराध हेरेर खुल्ला जेलको अवधारण ल्याउनुपर्ने बताए । ‘कारागार एउटा सुधार गृह हो,’ पण्डितले भने, जघन्य अपराध बाहेक अन्य सजाएमा आएका बन्दीलाई पारीवारसँग जोडेर राख्न मिल्ने वातवरण सृजना गर्नुपर्ने समेत बताए ।

यसले गर्दा कैदीबन्दीमा एक प्रकारको डिप्रेसन हटछ । ठूला अपराधीलाई बेलैमा दण्डीत गर्न सके अपराधमा कमी आउने पनि उनले बताए । धेरै पहिलेदेखी नै बन्दीलाई सेवा सुविधा अहिले पनि त्यही अवस्थामा रहेकोले सरकारले बन्दीले पाउने सुविधा बढाउनुपर्नेमा पण्डितले जोड दिए । ‘हिमाल, पहाड र तराइका जेलमा रहेका बन्दीले पाउने सिधा एउटै छ,’ पण्डितले भने, ‘भुगोल अनुसारको मङ्गी हेरेर सरकारले सेवा सुविधा बढाउनुपर्दछ ।’

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मोरङ कारागारमा पहिले भन्दा धेरै परिर्वतन आएको बताए । उनले बन्दीहरुले दैनिक रुपमा पाउने सिधा बढाउने विषयमा मन्त्रालयसम्म जानकारी गइसकेको बताए । चाँडै पास हुने र बन्दीले पाउने सिधा बढ्न सक्ने उनले बताउदै उनले बन्दीहरुलाई रचनात्मक क्रियाकपाहरु गर्न जोड दिए ।

७ सय ४३ कैदीबन्दी रहेको उक्त कारागारमा ६ सय ६६ पुरुष बन्दी छन् । उनीहरमध्ये ४ सय ५० जना जेलभित्रै पौरख गर्दै आएको चौकीदार गिरीले जानकारी दिए । उनका अनुसार बन्दीहरुले बा“सको मुढा, ढाकाको टोपी र फर्निचरको सामग्री उत्पादनसम्म गर्छन् । उनीहरु पत्रपत्रिका एवं पुस्तक पढ्ने, कपडा सिलाइ–बुनाइ गर्ने, लेख्ने र योगागर्ने जस्ता रचनात्मक काम गरेर समय बिताउँछन् ।

प्रतिक्रिया दिनुहोस्