‘मिस्टर भर्जिन’मा छुल्ठिमको डान्स



काठमाडौँ, ८ माघ
‘मिस्टर भर्जिन’ फिल्म को छायांकन सकिएको छ । अभिनेत्री छुल्ठिम गुरुङलाई एउटा आइटम गीतमा फिचर गर्दै फिल्मको सम्पूर्ण छायांकन सकिएको घोषणा भएको छ । यो गीतमा अभिनेता गौरव पहारि, कमलमणि नेपालले छुल्ठिमसँग नृत्य गरेका छन् । उक्त फिल्म लगभग १ करोडको बजेटमा बनेको हो ।

फिल्मको निर्देशन विशारद बस्नेतले गरेका हुन् । उक्त फिल्ममा विजय बराल, मरिष्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, श्रृजना सुब्बा लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ । फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोगाफी छ ।

वल्र्ड वाइड डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको फिल्ममा खिलेन्द्र तिमिल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र विशारद बस्नेतको लगानी रहेको छ । यो फिल्मलाई वैशाख महिनामा रिलिज गर्ने टार्गेट निर्माण टोलीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्