‘भुइयाँ’लाई दुई लाख पुरस्कार



काठमाडौं, ८ माघ

यस वर्षको पहिचान पुरस्कार पहिचान पुरस्कार कोषले ‘भुइयाँ’लाई प्रदान गर्ने भएको छ । लेखक यज्ञशलाई दुई लाख दुई हजार दुई रुपैयाँको पहिचान पुरस्कार चैत्रको पहिलो साता प्रदान गरिने छ ।  पहिचान पुरस्कार कोष नेपाल प्रतिनिधि कवि गणेश खालिङले जानकारी दिए हुन् ।

यज्ञशको कृतिले पहिचानविहीन भुइँ समुदाय र मान्छेहरूको कथालाई गहकिलो रूपमा प्रस्तुत गरेको छ । पहिचान प्राप्तिका लागि संघर्ष गरिरहेका जाति, समुदायको कारुणिक कथालाई उनले भुइयाँमा समेटेका छन् ।

मधेस क्षेत्रमा निरन्तर संघर्ष गरिरहेका बलदेव रामको कथा सबै पहिचानविहीनको कथा हो र सुलो सदा, सावित्री चौधरी, पार्वती डगौरा, सलमा बेहेन, दुर्गा, उमा, तारा विक, गंगामाया बानियाँ, नेप्लु, पुतली तामाङको संघर्षले ऊर्जा मात्र दिँदैन सोचमग्न बनाउँछ ।

 

प्रतिक्रिया दिनुहोस्