जुनसुकै बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्न सकिने



काठमाडौं, ८ माघ

आफ्नो खाता भएको बैंकमा पैसा जम्मा गर्न अबदेखि जुनसुकै बैंकबाट पनि सकिने भएको छ । मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले घोषणा गरेको यो सुविधा कार्यान्वयनमा ल्याउन आइतबार सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

बैंकले अर्को बैंकको खातामा रकम जम्मा गर्न आउने ग्राहकसँग आवश्यक शुल्क लिने छन् । राष्ट्र बैंकले सेवाग्राहीलाई पूर्व जानकारी गराएर शुल्क लिन बैंकहरुलाई छुट दिएको छ ।

 

सेवाग्राहीले अन्तर बैंक भुक्तानी प्रणालीमार्फत अर्को बैंकमा गएर आफ्नो खातामा रकम जम्मा गर्न सक्ने भएका हुन् । यस व्यवस्थाबाट विशेष गरी ग्रामीण क्षेत्रका नागरिकलाई सजिलो हुने छ ।

 

अर्को बैंकमा गएर रकम जम्मा गर्न सकिने भए पनि रकम झिक्न भने आफ्नो खाता भएकै बैंक वा त्यो बैंकको शाखामा जानु पर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्