कपडा धुने आधुनिक मेशिन सञ्चालनमा



चरिकोट, ८ माघ
चरिकोटमा ड्राइ क्लिनर्स प्रालिले रु ७२ लाख लगानी गरेर दोलखामा नेपालको पहिलो आधुनिक लुगा धुने मेशिन ल्याएको छ । चरिकोटका स्थानीयवासी र अन्य व्यक्तिको भौगोलिक, सामाजिक र दैनिक व्यस्त जीवनलाई दृष्टिगत गरी चरिकोट ड्राइ क्लिनर्स शुरु गरिएको आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।

चिसो मौसम र सुख्खायाममा पानीको अभाबका बेला अधिक व्यस्त जीवनशैलीलाई सघाउन सेवामुखी व्यवसायका रुपमा ड्राइ क्लिनर्स सञ्चालन गर्न लागिएको चरिकोट ड्राइ क्लिनर्स प्रालिका अध्यक्ष अर्जुन बुढाथोकीले जानकारी दिए । भारतको पञ्जाव तथा चीनको गोन्जाउ प्रान्तबाट आधुनिक मेशिनल्याई शुरु गरिएको हो । कम्पनीले हाल ६ जनालाई रोजगारी दिएको र कम्पनी पूर्ण रुपमा सञ्चालनमा आउँदा थप आठ जनालाई रोजगारी दिन सक्ने बताइएको छ । कारखानाबाट दैनिक ५५० केजीसम्म कपडा धुनसक्ने क्षमता छ ।

कम्पनीका अर्का लगानीकर्ता नसिब कायस्थका अनुसार लगानी साँढे चार वर्षभित्र उठाइसक्ने छ । उनीहरुले लुगा धुने यो मेशिन नेपालमा नै पहिलो रहेको पनि दाबी गरेका छन् । यो क्लिनर्सबाट होटल, लज, रिसोर्ट, हस्पिटल, व्यस्त कर्मचारी, व्यापारी र गृहिणीलाई लक्षित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्