गजल : त्यो दिन प्रेमको छिनोफानो हुनेछ



काठमाडौं, ७ माघ
पक्कै पनि त्यो दिन प्रेमको छिनोफानो हुनेछ
जब दुनिया खुकुरी अनि यो दिल अचानो हुनेछ

मान्छेले मान्छेलाइ होच्याउने नीति चल्दै गर्दा
जब तिम्रो जात ठूलो अनि मेरो सानो हुनेछ

बाध्यताले यो दुनियालाइ झुट्ल्याउन नसकेर
जब दिलको सिहाँसनबाट तिमी बिरानो हुनेछ

हाँस्दा रुदाँ सँग-सँगै हुन्छु भनेरै पनि याहाँ
जब यो आँखा रसाउदा तिम्रो ओभानो हुनेछ

प्रेमको अन्तिम संस्कार भैसक्नेछ त्यो दिन
जब सडक घर अनि खुल्ला आकास छानो हुनेछ

प्रतिक्रिया दिनुहोस्