छपकैया सीमा अतिक्रमण विरुद्ध अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्रेस विज्ञप्ती



७ माघ, वीरगञ्ज । स्थलगत निरीक्षण र अध्ययन पश्चात् अनेरास्ववियु र अखिल क्रान्तिकारीका विद्यार्थीहरुले वीरगञ्ज महानगरपालिका वडा नम्बर १ स्थित छपकैया सीमा अतिक्रमण विरुद्ध संयुक्त प्रस विज्ञप्ती जारी गरेको छ ।

छपकैयामा नेपालतर्फको ५० विघाभन्दा बढी भूमी भारतले अतिक्रमण गरी जंगे पिलर सारेको पाईएको छ ।

दुई देशबीच भएको सहमतिअनुसार अहिले बारा र पर्सामा पर्ने सीमा क्षेत्रमा हराएका वा बिग्रिएका पिल्लरहरुको ठाउँमा नयाँ पिल्लर भारतले राख्दैछ । त्यस क्रममा भारतले ५० विगाहा जति जमिन मिचेको स्थानीयबासीले बताएका छन् । नयाँ पिल्लर गाड्दा वीरगञ्ज महानगरपालिका १ छपकैया क्षेत्रमा मात्रै १२ जनाभन्दा बढीको नम्बरीसहित झण्डै ५० विगाहा नेपाली जमिन भारततर्फ परेको स्थानीयको दावी छ ।

प्रतिक्रिया दिनुहोस्