म्यान्चेस्टर सिटी विजयी लयमा फर्किदै



काठमाडौं, ७ माघ

जारि इङलिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी लयमा फर्किएको छ । लिभरपुलबाट गत साता उसकै मैदानमा ४-३ गोल अन्तरले पराजित बह्येको सीटी पुन विजयी लयमा फर्किएको हो ।

गएराती भएको खेलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई ३-१ ले पराजित गरेको छ । सिटीको जितमा सर्जियो अग्युरोले ह्याट्रिक गरेका छन् । अग्युरोले खेलको ३४औ, ६३औ र ८३औ मिनेटमा गोल गर्दै सिटीलाई विजयी बनाएका थिए । न्युक्यासलका लागि एक गोल जाकोब मर्फीले खेलको ६७औ मिनेटमा गरेका थिए ।

अग्युरोले प्रिमियर लिगमा सन् २०१५ मा न्युक्यासलसँगनै हानेको ह्याट्रिक पछिको यो पहिलो ह्याट्रिक हो । यो जितसँगै सिटी न्युक्यासलविरुद्ध प्रिमियर लिगमा २१ खेलमा अपराजित रहेको छ भने अग्युरोले म्यान्चेस्टर सिटीका लागि प्रिमियर लिगमा आफ्नो २००औ खेल खेलेका छन् । म्यानचेस्टर सिटीले जितपछि लिगमा १२ अंकको प्रष्ट अग्रता हासिल गरेको छ ।

सिटीको २३ खेलमा ६५ अंक भएको छ भने दोसोरो स्थानाम रहेको म्यानचेस्टर युनाइटेडको २४ खेलमा ५३ अंक रहेको छ । त्यस्तै न्युक्यासल युनाइटेड २४ खेलमा २३ अंकसहित लिगको १५औ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्