प्रदेश ४का सांसदले लिए सपथ



पोखरा, ७ माघ
प्रदेश नं ४ का सांसदहरुले पोखरास्थित नगर विकास प्रशिक्षण केन्द्रको हलमा सपथ ग्रहण गरेका छन् । प्रत्यक्ष र समानुपातिक गरी ६० प्रदेश सभा सदस्य छन् ।

प्रशिक्षण केन्द्रको हलमा जेष्ठ सदस्य जनकलाल श्रेष्ठले प्रदेश सभा सदस्यहरुलाई सपथ खुवाएका थिए । प्रदेश सभाका सबै सांसदले नेपालीमा सपथ लिएका थिए । सपथ समरोहमा मनाङबाट प्रदेशसभामा निर्वाचित दीपक मनाङे आइतबार भएको शपथ ग्रहणमा उपस्थित भएका थिएनन् ।

सपथ समारोहमा भाग लिन अरु सांसदलाई जस्तै मनाङेलाई पनि जिल्ला प्रशासन कार्यालय कास्कीले पत्र पठाएको थियो तर पनि प्रहरीले पक्राउ पूर्जी जारी गरेर उनलाई खोजीरहेको र प्रहरीले पक्राउ गर्न सक्ने भएका कारण उनि समारोहमा नआएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्