पवित्र तिर्थस्थल तिलिचो तालमा नांगो फोटो सेसन



काठमाडौं, ७ माघ

विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक ताल तिलिचो तालमा दुई विदेशीले नांगै तस्बिर खिचाएका छन् । तिलिचो ताल मनाङ जिल्लाको नेस्याङ गाउँपालिका वडा नं ९ मा पर्दछ । सामुन्द्रिक सतहदेखि चार हजार ९१९ मिटर उचाइमा रहेको उक्त ताल अगाडी बसेर उनीहरुले आफ्नो नांगै तस्बिर खिचाएका हुन् ।

परापूर्वकालमा भगवान् शिवले तपस्या गरेर बसेको जनविश्वास रहेको तालमा कागबेसिनी ऋषिले पनि आफ्नो ज्ञान पाएको किंवदन्ती छ । हिन्दू धर्मावलम्बीहरुले यो ताललाई पवित्र मान्दछन् त्यसैले यो तालमा  हिन्दू धर्मावलम्बी तीर्थ व्रतका लागि पनि आउने गर्दछन् ।

फेसबुकमा तेजबहादुर गुरुङ लेख्छन्, ‘विश्वकै उचाइमा अवस्थित अन्नपूर्ण संरक्षित क्षेत्रमा पर्ने तिलिचो तालमा यि पर्यटकहरुले नाङ्गै फोटो खिचाएर पक्कै ठीक गरेनन् । नेपाली सामाजिक मुल्य मान्यता र संरक्षित क्षेत्रको नियम बिरुद्ध छ यो कार्य । बिना गाईड गएको पर्यटकहरुलाई कस्ले यस्ता उच्छ्रीङखल कार्य गर्नुहुदैन भनेर सिकाउने ? पदयात्रा अनुमतिमा अनिबार्य गाईड निती नल्याइ यस्तो हर्कत रोकिनेवाला छैन ।’

विना गाइड तिलिचो पुगेका पर्यटकहरुले तिलिचो क्षेत्रमा उछ्खल गतिबिधि समेत गरेको भन्दै सामाजिक सञ्जालमा यतिखेर आलोचना सुरु भएको छ ।

तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किमीको दूरीमा पर्छ । यस तालमा पुग्न खासारबाट तारे गुम्बा, श्रीखर्क हुँदै लगभग आठ घण्टाको पैदलयात्रा पछि तिलिचो बेस क्याम्पमा पुग्न सकिन्छ । यहाँ रहेको होटलमा खान बस्नको सुविधा राम्रो भएकाले पर्यटक यहाँ खाने बस्ने गर्दछन् ।

बेसक्याम्पबाट झण्डै तीन घण्टाको उकालो पछि तिलिचो ताल पुग्न सकिन्छ । अधिकांस पर्यटनहरुले यो क्षेत्रमा जादा गाइड लैजाने गर्दछन् । तर, कम आर्थिक व्यबस्थापनमा आएका पर्यटकहरुले भने लैजाने गरेका छैनन् ।  तालको वरिपरि मुस्कुराइरहेका मुक्तिनाथ तिलिचो हिमाल, निलगिरि र हिमश्रृखलाले स्वदेशी तथा विदेशी पर्यटकको मनलाई लोभ्याएको हुन्छ ।  तर, यस्तो पवित्र तिर्थस्थलमा यि पयर्टकहरुले यस्तो तस्बिर खिचाए सबैको चासो भएको छ ।

होला कारबाही ?
यसरी पवित्र तिर्थस्थलमा यस्तो काम गर्नु बर्जित छ । स्रोतका अनुसार यी दुई पयर्टन त्यही क्षेत्रमा हाल छन् । नेपालको सामजिक मुल्य, मान्यता र संस्कृति बिरोधी काम भएको भन्दै उनीहरुलाई कारबाहीको माग गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्