प्रदेश नं ३ का सांसदले गरे सपथ ग्रहण



हेटौंडा, ७ माघ
प्रदेश नं ३ का प्रदेश सांसदहरुले पद तथा गोपनीयताको सपथ ग्रहण समारोह आज बिहान लगभग ११ बजे सम्पन्न भएको हो । उक्त कार्यक्रममा कुल १०९ जना सांसदहरुले पद तथा गोपनीयतको सपथ लिएका हुन् ।

उनीहरूलाई प्रदेश प्रमुख अनुराधा कोइरालाको उपस्थितिमा जेष्ठ सदस्य डोरमणि पौडेलले सपथ खुवाएका थिए । कार्यक्रममा देश र ईश्वरको नाम संग सपथ लिँदै सांसदहरूले देश विकासमा जुट्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा भएको सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोइरालाले पदभार ग्रहण गरेकी थिइन् । शनिबार मकवानपुरका स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, क्षेत्रीय प्रशासन कार्यालयका प्रमुख, प्रदेशसभा सदस्य लगायतले स्वागत गरेका थिए ।

यस अघि प्रदेश प्रमुख कोइरालाले जेष्ठ सांसद डोरमणि पौडेललाई सपथ खुवाएका थिए। सपथ ग्रहणका लागि आएका सांसदहरुलाई पन्चे बाजा, धिमे बाजा सहित फूलमाला र खादाले स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्