ट्रम्पको राजनीति संकटमा : पहिलो वार्षिकोत्सवमा अमेरिकी प्रशासन ठप्प



७ माघ २०७४

एजेन्सी: डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेको एक वर्ष आइतवार पुरा हुँदैछ । यसको ठीक एक दिनअघि अमेरिकामा एक गम्भीर आर्थिक संकट खडा भएको छ । यहाँ ट्रम्प राष्ट्रपति बनेको पहिलो वर्षगाँठ मनाउने तयारी भइरहेका बेला ‘सटडाउन’ को सं‌कट आइलागेको हो । सरकारी खर्चलाई लिएर अहम आर्थिक विधेयकमाथि ट्रम्प प्रशासनलाई संसदबाट अनुमति नमिलेपछि यो संकट आएको हो ।

राजनीतिक खतराबीच विपक्षी डेमोक्र्याट सांसदहरुले उल्लेखनीय एकता देखाउँदै संघीय सरकार सञ्चालनसम्बन्बधी खर्चको विधेयक पारित हुन रोकेका हुन् ।

यो सटडाउन राष्ट्रपति ट्रम्प र न्यूयोर्कका डेमोक्र्याट सिनेटर चक सुमरबीच व्हाइट हाउसमा अन्तिम मिनेटमा भएको वार्तापछि आएको हो । अमेरिकी सिनेटको यो निर्णयपछि ट्रम्प प्रशासनलाई गहिरो धक्का लागेको छ। विधेयक पास नभएपछि देशमा सरकारी कामकाज ठप हुनेछ भने कयौँ विभागमा काम रोकिँदा कर्मचारीले घरैमा बस्नुपर्नेछ । यसको सीधा असर अब लाखौँ कर्मचारीले बिनातलब घरमा थन्किनुपर्ने भएको छ ।

शुक्रवार मध्यराति अमेरिकी संसदमा रिपब्लिकनबाट पेश गरिएको बजेट प्रस्तावको पक्षमा आवश्यक भन्दा कम भोट मिलेको थियो । यस विधेयकलाई पारित गर्न कमसे कम ६० सिनेटरको समर्थनको आवश्यकता थियो । तर यसको पक्षमा ५० मात्रै भोट खस्यो, यसको विरुद्धमा ४८ भोट झरेको थियो ।

ट्रम्पले यस सटडाउनका लागि डेमोक्रेटलाई दोषी ठानेका छन् । उनले राष्ट्रपति पद सम्हालेको वर्षागाँठको पूर्वसन्ध्यामा भनेका छन्, ‘अमेरिकी अर्थव्यवस्था अहिलेसम्म सबैभन्दा राम्रो अवस्थामा छ । देशमा अर्थव्यवस्थाले राम्रो प्रभाव पनि पारिरहेको छ ।’

अहिले अमेरिकामा एन्टी डेफिसिएन्सी कानुन लागू भएकोछ । जसममा स्रोतको कमी भएको अवस्थामा संघीय एजेन्सीले आफ्नो काम रोक्नुपर्ने हुन्छ । अर्कातर्फ सरकारले यस फन्डको कमी पुरा गर्नका लागि एक स्टप ग्याप सम्झौता विधेयक ल्याउने गर्छ। जसलाई अमेरिकी प्रतिनिधि सभा र सिनेटबाट पारित गर्नुपर्ने हुन्छ । यो विधेयक प्रतिनिधि सभाले त पारित गर्‍यो तर सिनेटमा भने अड्किएको छ ।

सटडाउनको स्थितिबाट पार पाउनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शुक्रवार मध्यरातिसम्मको समय थियो । तर संसदबाट यो बजेट असफल भएपछि अमेरिकामा सं‌कट चुलिएको हो । यो विधेयक सिनेटबाट पास नभएसँगै सटडाउन सुरु भएको छ । त्यहाँका केही राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्र पनि बन्द हुन थालेका छन् । यो विधेयक फेल भएसँगै अमेरिका आर्थिक संकटबाट घेरिन पुगेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको एकसाल पूरा गर्न लागेको अवस्थामा उनको आर्थिक नीतिमा यस सटडाउनपछि ठुलो झट्का लागेको छ । सटडाउन सुरु भएपछि देशमा सरकारी कामकाज पूरै ठप्प हुन्छन् । यस्तोमा एक पटक फेरि यहाँको रोजगारीमा स‌ंकट सुरु भएको छ।

बजेट अभाव भएपछि कर्मचारीलाई छुट्टीमा पठाइने गरिन्छ । यस छुट्टीका कारण तलब पनि सरकारले दिने छैन । यो स्थितिमा सरकारले संघीय बजेट ल्याउनुपर्ने हुन्छ । जसलाई प्रतिनिधि सभा र सिनेट दुवै सदनले पारित गर्नु जरुरी हुन्छ ।

अहिले अमेरिकी प्रशासनमा ३५ लाख कर्मचारी कार्यरत छन् । सटडाउनको अवस्था आएसँगै करिब साढे आठ लाख कर्मचारीले पहिलो दिन अर्थात शनिबार नै घरमा बस्नुपर्ने अवस्था आएको छ । तर यो संकटकाबीचमा सैन्यकर्मीको ड्यूटी भने जारी रहनेछ । उनीहरुलाई यो संकटकाबीच पनि हटाइने छैन ।

अमेरिकाका दुवै सदनमा आर्थिक विधेयक पारित हुनुपर्ने थियो तर चर्को विरोधका कारण यो विधेयक पारित नहुँदा सटडाउनको संकट आइलाग्यो । यस सटडाउनपछि राष्ट्रपति ट्रम्पले अमेरिकाको यो स्थिति आउनुलाई डेमोक्रेट जिम्मेवार रहेको आरोप लगाएका छन् ।

उनले राष्ट्रिय सुरक्षा, सैन्य परिवार, कमजोर बच्चा र सबै अमेरिकीको सेवा राजनीति भन्दा माथि रहेको बताए । तर अर्कातिर सिनेट डेमोक्रेट चक स्कमरले डोनाल्ड ट्रम्पमाथि दुई दलीयस सम्झौतालाई अस्वीकार गरेकाले यस्तो कदम चाल्नुपरेको बताएका छन् ।

अमेरिकामा सटडाउनको स्थिति आएको यो पहिलो पटक भने होइन । यसभन्दा अघि सन् १९८१, १९८४, १९९०, १९९५-९६ र २०१३ माप नि सटडाउन भइसकेको छ। त्यो बेला अमेरिकाको स्थिति यति धेरै खराब थियो कि उसँग पास खर्च गर्नका लागि पैसा पनि थिएन ।बाराक ओबामा सरकारका क्रममा सन् २०१३ मा पनि १६ दिनसम्म सटडाउनको संकट आएको थियो ।

प्रतिक्रिया दिनुहोस्