सायाको कार्यक्रममा दर्सकको घुइचो



काठमाडौं, ६ माघ

‘नव प्रतिभा प्रोत्साहन श्रष्टा सम्मान, साहित्यिक विकास सायाको योगदान’ नारा लिएर आज साया  समुहले काठमाडौंको खुल्ला मंचमा एक कार्यक्रम गरेको  छ । बृहत साया साहित्यिक कार्यक्रम तेस्रो सस्करण नाम दिएको उक्त कार्यक्रममा साहित्याकार र कलाकारहरुलाई एकै स्टेजमा उतार्दै साया समुहले गजल, कबिता , मुक्तकका साथै गितसंगितबाट दर्सकको मन जितेको थियो ।

नेपथ्यमा रहेका युवा सर्जकहरुको बुलन्द प्रस्तुति गराउने उदेश्यका साथ तया गरिएको कार्यक्रममा कलाकार , साहित्याकार दर्सकहरुको बाक्लो उपस्थिति थियो । नेपाली साहित्य प्रवर्द्धनको निम्ति आयोजित उक्त बृहत साहित्यिक मोहफिलामा साहित्यकारहरु प्रोलास  सिन्धुलिया, बिनय सरगम, सविन लम्साल, उत्तम लिम्बु , बिपिन सलामी, निरज दाहाल, छबी अनित्य र हेमन्त खड्काको मोहित प्रस्तुति रहेको थियो ।

लगभग पाँच सय जना साया प्रेमी दर्सकमाझ प्रस्तुत कार्यक्रममा तिलक बस्नेत, ध्रुब बिस्को, र सरु गौतमले सांगीतिक प्रस्तुति दिएका थिए । त्यसै गरि करिब डेढ सय जना नयाँ प्रतिभाहरुले आफ्नो साहित्यिक प्रस्तुति दिएका थिए ।

विभिन्न सहयोगीहरुको सहयोगमा निरन्तर फरक फरक कार्यक्रम गर्दै अगाडी बढिरहेको साया समूह साहित्यिक सपना र सहयोगी भावना लिएर हातमा हात मिलाउदै निरन्तर गन्तव्यमा लम्किरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्