मदन भण्डारी गोल्डकपमा थ्री स्टार बिजयी (खेल तालिका सहित )



काठमाडौं, ६ माघ

आज माघ ६ गतेबाट सुनसरीको इटहरी रंगशालामा संचालन भएको मदन भण्डारी गोल्डकप सुरु भएको छ । आगामी माघ १३ गते सम्म संचालन हुने उक्त प्रतियोगिताको खेल तालिका समेत सार्बजानिक भएको छ ।

आज भएको थ्री स्टार र् एपिएफ बिचको पहिलो खेलमा १ गोलको बिरुद्द २ गोल गर्दै थ्री स्टार बिजयी भएको छ । खेलको ३८ मिनेटमा थ्री स्टारको अजयी मार्टिनले पहिलो गोला गरेका थिए भने लगत्तै ४८ मिनेटमा पुन मार्टिनले अर्को गोल गर्दै अग्रता दिलाएका थिए । लगत्तै ६२ मिनेटमा पिटर सेगुनाले आत्माघाती गोल गर्दा एपिएफले आफ्नो १ गोल बनाउने अवसर पाएको थियो ।  भोलि मनाङ मर्स्याङदी विरुद्ध रमपम झापा ११ मैदानमा उत्त्रिदै छ । प्रतियोगिताको खेल तालिका यस्तो छ :

प्रतियोगिता  : मदन भण्डारी गोल्ड कप , २०७४  (फुटबल)

स्थान : इटहरी रङगशाला , सुनसरी , नेपाल

मिती : माघ ६ (२० जनवरी) गते देखि माघ १३ (जनवरी २७)

खेल तालिका र नतिजा

खेल १ (माघ ६ , जनवरी २०) : थ्री स्टार २-१  नेपाल एपिएफ

अजयी मार्टिन ३८ ‘ , ४८ ‘ (थ्री स्टार)

पिटर सेगुन ६२’ (आत्मघाती)

खेल २ (माघ ७, जनवरी २१) : मनाङ मर्स्याङदी विरुद्ध रमपम झापा ११

खेल ३ (माघ ८ , जनवरी २२) : आर्मी विरुद्ध ड्रुक युनाइटेड (भुटान )

खेल ४ (माघ ९ , जनवरी २३) : राष्ट्रिय जागृती (सुनसरी) विरुद्ध गरिफा स्पोर्टिङ्ग क्लब (कोलकोता)

सेमिफाइनल खेलहरु 

खेल ५ (माध १० , जनवरी २४ ) : विजेता , खेल १ विरुद्ध खेल ३

खेल ६  (माघ ११ , जनवरी २५) : विजेता , खेल २ विरुद्ध खेल ४

फाइनल खेल 

खेल ७ (माघ १३ , जनवरी २७ ) : विजेता,  खेल ५ विरुद्ध खेल ६

 

 

प्रतिक्रिया दिनुहोस्