एमाले सिन्धुली सम्पर्क मञ्च आयोजक कमिटीमा रुपान्तरण



६ माघ २०७४, काठमाण्डौ

नेकपा एमालेको देशभरिकै क्रियाशील सम्पर्क मञ्चहरु मध्ये एक मानिने  सिन्धुली-काठमाडौँ सम्पर्क मञ्चले ९ औं सम्मेलनबाट निर्वाचित कमिटीलाई आजको बैठकबाट १० औ सम्मेलन आयोजक कमिटीमा रुपान्तरण गरेको जानकारी मञ्चका अध्यक्ष अम्बर थापामगरले परिवर्तन खबरलाई बताएका छन्  ।

प्राप्त जानकारी अनुसार कार्यसमितिमा क्रियाशील ३१ सदस्यहरु र तीनवटा निर्वाचनमा सक्रिय योगदान पुर्याएका विभिन्न कमिटीमा क्रियाशील २१ सदस्यहरुलाई समेत थप गरी अम्बर थापामगरको संयोजकत्वमा ५२ सदस्सीय सम्मेलन आयोजक कमिटीको गठन गरिएको छ ।

२३ नियमित बैठक, बार्षिक १० भन्दा बढी कार्यक्रमको साथै स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचनमा पार्टीका उम्मेदवार जिताउन योगदान पुर्याएको मञ्चको बारेमा पछिल्ला समयहरुमा जिल्ला तिर समेत चर्चा रहेको जिल्ला पार्टी श्रोतले जानकारी दिएको छ ।

अतिथिको रुपमा उपस्थित नेकपा एमाले जिल्ला कमिटी सिन्धुलीका अध्यक्ष तथा प्रदेशसभा सांसद क. प्रदिप कटुवालले तीनै तहको निर्वाचनमा सम्पर्क मञ्चले निर्वाह गरेको भुमिकाप्रति उच्च प्रशंसा गर्दै सम्पर्क मञ्चलाई धन्यवाद दिएका थिए ।

बैठकमा पुर्व अध्यक्षहरु तारानिधि पोखरेल र  ईश्वर आचार्यले समेत सम्पर्क मञ्चको प्रशंसा गर्दै आगामी समयमा गर्नुपर्ने कामको लागि सुझाव दिएका थिए ।

आयोजक कमिटीले माओवादी केन्द्रसँग संयुक्तरुपमा आजाद दिवश र वनभोज कार्यक्रम गर्ने जानकारीले समेत प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्