गजल : साँच्चै अब त ऊ जङ्गल पस्न मात्र बाँकी छ !



सप्पै स्वाहा गरेर खरानी घस्न मात्र बाँकी छ !
साँच्चै अब त ऊ जङ्गल पस्न मात्र बाँकी छ !

लोलोपोतो पार्दै कतिपय मायामा भन्छन्:
नजरमा पसिसक्यौ मुटुभित्र बस्न मात्र बाँकी छ !

यो जाडोको विसंगति हो वा कुनै मुत्ररोग,
टिलपिल यो दुनियाँ तप्प-तप्प खस्न मात्र बाँकी छ !

नेता न जनसेवी प्रायस चोर देख्ता यस्तो लाग्छ,
इन्लाई ठिङ्गुरामा लगेर पाता कस्न मात्र बाँकी छ !

प्रतिक्रिया दिनुहोस्