गजल : प्रदेशकाे राजधानी विवादले रमिता बनाए



काठमाडौं, ६ माघ

वाइवल बनाए अनि फेरी गीता बनाए ।
कतिलाई द्राैपति कतिलाई सीता बनाए ।

खै जसले अाएर पढे पनि अाखा रसाउने,
कुन कुन अक्षर मिलाएर कविता बनाए ?

सिमाका पिल्लर ढल्दा काेहि चु बाेल्दैनन्,
प्रदेशकाे राजधानी विवादले रमिता बनाए ।

मैले हुर्काएका बिरुवा काटेर जम्मा गरी,
फेरी मलाई नै जलाउने चीता बनाए ।

प्रतिक्रिया दिनुहोस्