राष्ट्रपतिद्वारा पारस खड्का सम्मानित



काठमाडौं, ६ माघ

‘प्रथम मदन भण्डारी क्रिकेट सम्मान’बाट राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का सम्मानित भएका छन् ।

किर्तिपुरस्थित टीयू मैदानमा आयोजित प्रथम क्रिकेट महोत्सवमा राष्ट्रपति विधादेवि भण्डारीले खड्कालाई सम्मान गरिन् । मदन भण्डारी स्पोटर्स एकेडेमीअन्तर्गतको क्रिकेट विभागद्वारा आयोजित महोत्सवमा कप्तान पारसलाई नगद २५ हजारसहित सम्मान गरिएको हो ।

नेपाली क्रिकेटमा योगदान गर्ने विशेष व्यक्तित्वलाई दिइने यस सम्मानले वार्षिक निरन्तरता पाउने एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्