नेपाल फिफा बरियातामा ६ स्थान माथि उक्लियो



काठमाडौं, ५ माघ

फिफाको वरियतामा नेपाल ६ स्थान माथी उक्लिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ६ स्थान माथि उक्लेको हो ।

फिफाको नयाँ वरियतामा नेपाल १६५ औं स्थानमा रहेको छ । अघिल्लो महिना नेपाल १७१ औं स्थानमा रहेको थियो । नयाँ वरियतामा नेपाल दक्षिण एसियाको तेस्रो स्थानमा छन् ।
नेपाल भन्दा माथि भारत १०२ औं र माल्दिभ्स १५० औं स्थानमा रहेको छ । नयाँ वरियतामा भारत ३ स्थान माथि उक्लदा माल्दिभ्सले ५ स्थान माथी फड्को मारेको छ ।

दक्षिण एसियामा नेपाल भन्दा तल चार राष्ट्र रहेका छन् । नेपालपछि भुटान १८८ औं स्थानमा रहदा बंगलादेश १९७ औं स्थानमा छ । त्यस्तै श्रीलंका २०० औं स्थानमा र दक्षिण एसियाको पुछारमा पाकिस्तान २०१ औं स्थानमा रहेको छ ।

नयाँ वरियताको शिर्ष १० स्थानसम्म फेरवदल भएको छैन । शीर्ष स्थानमा जर्मनी यथावत रहेको छ । त्यस्तै ब्राजिल, पोर्चुगल, अर्जे्िन्टना र बेल्जियम दोस्रोबाट क्रमश पाचौं स्थानसम्म रहेको छ । नयाँ वरियतामा स्पेन, पोल्याण्ड, स्वीट्जरल्याण्ड, फ्रान्स र चिली छैटौंबाट दशौंसम्म रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्