हिमालयन गोल्डकपको तयारी हुदै



जापान, ५ माघ
दोस्रो हिमालयन फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढाएको छ । अहिले टीम दर्ता कार्य धमाधम भइरहेकाले इच्छुक क्लबले सम्पर्क गरी टीम दर्ता गराउन आयोजकले आग्रह गरेका छन् ।

हाइजिमा युथ क्लबको आयोजनामा आगामी फेब्रुवरी ११मा जापानको टोकियो स्थित दोस्रो हिमालयन गोल्डकप फुटबल प्रतियोगिता हुदैछ । टीम दर्ताका लागि आगामी जनवरी ३१ तारीख सम्मको समयसीमा निर्धारण गरिएको छ ।

टीम दर्ताका लागि शुल्क ४० हजार जापानी येन तोकिएको छ । प्रतियोगिताका लागि सिमित क्लबलाई मात्र लिन सकिने भएकाले समयमै टीम दर्ता गराइ आफ्नो सहभागिता सुनिश्चित गर्न पनि आयोजकले आग्रह गरेका छन् ।

यसैबीच प्रतियोगिताको लागि आर्थिक सहयोग समेत प्राप्त भएको छ । दिनेश अधिकारी (चरी) फाउन्डेसनले प्रतियोगिता सन्चालनका लागि एक लाख जापानी येन सहयोग गरेको आयोजकले जानकारी गराएका छन् । व्यवसायका क्रममा हाल जापानमा रहेका केशव अधिकारीले फाउन्डेसनका तर्फबाट उक्त सहयोग रकम क्लबलाई हस्तान्तरण गरेका हुन् । प्राप्त रकमबाट केही प्रतिशत समाज सेवामा पनि प्रयोग गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्