पूर्वार्ध डेरी उद्योगको उद्घाटन गर्दै कृषि राज्यमन्त्री



झापा, ५ माघ
झापाको अर्जुनधारा नगरपालिका स्थित पूर्वार्ध डेरी उद्योगको बिहीबार कृषि राज्यमन्त्री सरिता प्रसाईंले उद्घाटन गरेकि हुन् । व्यावसायिक कृषि तथा व्यापार आयोजनाको पूरक अनुदान लगभग एक अर्ब र स्थानीय पूर्वार्ध कृषि सहकारी संस्था लि.को रु एक करोड भन्दा माथिको संयुक्त लगानीमा उक्त उद्योग स्थापना भएको हो ।

उक्त उद्योग दुग्ध उत्पादन व्यवसायको संवद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको उद्योगबाट स्थानीयस्तरमा रहेका कृषकले दूधको उचित मूल्य पाउने, कृषक व्यावसायिक पशुपालनमा आकर्षित हुने, स्थानीयस्तरमा रोजगारी सिर्जना हुने लगायतका उपलब्धि प्राप्त गर्न सकिने समेत अनुमान गरियको छ ।

दुग्ध प्रशोधन केन्द्रका रुपमा रहेको उक्त उद्योगबाट संस्थाका ७०० र पशुपालक कृषक ५० सहित जम्मा ७५० जना लाभान्वित हुने बताइएको छ । उद्योगबाट अर्जुनधारा ब्राण्डका दूध, दही, मही, घ्यू, पनिर, आइसक्रिमलगायतका दूग्ध जन्य खाद्यवस्तुहरु उत्पादन हुने समेत संस्थाका अध्यक्ष कमलबहादुर भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्