रेल लिक निर्माणमा तीब्रता : बर्दिबास–जयनगर



काठमाडौं ५ माघ
नेपालको बर्दिबासबाट भारतको जयनगसम्म निर्धाणाधीन ६९ किलोमिटर ब्रोडगेज रेलमार्गको लिक निर्माण कार्य सुरु भएको छ ।

उक्त काम पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन गर्न रेलमार्गमा स्लिपर, ब्लास्ट र रेल ओछ्याउने काम धमाधम भइरहेको छ । भारत सरकारको सात अर्ब २० करोड भारतीय रुपैयाँ आर्थिक सहयोगमा सञ्चालित यस परियोजना अन्तर्गत अक्टोबरसम्ममा सिभिल कन्स्ट्रक्सनको काम पूरा हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्