तेक्वान्दोको केन्द्रीय उपाध्यक्षमा डीआईजी सर्वेन्द्र खनाल



काठमाडौं, ४ माघ

नेपाल तेक्वान्दो संघ केन्द्रीय समितिको उपाध्यक्षमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) सर्वेन्द्र खनाल नियुक्त भएका छन् । नेपाल तेक्वान्दो संघ अध्यक्ष प्रकाश शम्शेर राणाले संघको कार्यसमितिलाई पूर्णता दिदै उक्त पदमा खनाललाई माघ ३ गते मनोनित गर्नुभएको हो ।

नेपाल तेक्वान्दो संघको विधानको परिच्छेद २ को दफा ३ को उपदफा ४ बमोजिम यस संघको कार्यसमितिमा नेपाल प्रहरीका बरिष्ठ अधिकृतलाई उपाध्याक्षमा मनोनयन गर्ने प्रावधान अनुसार नेपाल तेक्वान्दो संघले नेपाल प्रहरीको तर्फबाट खनाललाई केन्द्रीय समितिको उपाध्यक्षमा मनोनित गरेको  हो । मनोनित गरिएका खनाल अहिले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख छन् ।

उक्त मनोनयन गरेको जानकारी प्रहरी प्रधान कार्यालयलाई समेत जानकारी दिइएको छ । खनाललाई तेक्वान्दो संघमा मनोनित गर्न पाउँदा खुसी लागेको अध्यक्ष प्रकाश शम्शेर राणाले जानकारी दिनुभयो भने नव नियुक्त उपाध्यक्ष तथा डीआइजी खनालले संघको जिम्मेवारी पूरा गर्न आफू लागि पर्ने प्रतिवद्धता जनाउँनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्