प्रदेशसभाबाट निर्वाचित समानुपातिक सांसदकाे नामावली सार्वजनिक (सूचीसहित)



काठमाडौं, ४ माघ

आज बिहीबार निर्वाचन आयोगले समानुपातिक निर्वाचन पद्धतिबाट प्रदेशसभा सांसद निर्वाचित भएकाहरुको नाम सार्वजनिक गरेको छ । आफ्नो आयोगले वेवसाइटमार्फत आयोगले समानुपातिक तर्फबाट निर्वाचित सबै दलका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो ।

बुधबार प्रदेशप्रमुखको नियुक्ति सरकारले गरेसँगै आयोगले पनि समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सातवटै प्रदेशमा गरी समानुपातिक पद्धतिबाट २२० जना सांसद निर्वाचित हुन्छन् ।

समानुपातिकतर्फबाट सांसद निर्वाचित भएकाहरुलाई शुक्रबार आयोगमै प्रमाणपत्र दिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । प्रमाणपत्र लिनका लागि निर्वाचित भएकाहरुले आफ्नो नागरिकतासहित आउनुपर्ने उनले बताए ।

( नाम हेर्न तलको लिंक खोल्नु होला )

prstateelectedfinallist

प्रतिक्रिया दिनुहोस्