विद्यार्थीहरुद्वारा हेलम्बु यातायातमा अनुगमन



काठमाडौं, ४ माघ

हेलम्बुका बसहरुले विधार्थी परिचयपत्रको छुट नदिएको बारे गुनासा र  समाचार आइरहदा आज अनेरास्ववियु सिन्धुपाल्चोकका बिद्यार्थी नेताहरुले हेलम्बु बस काउन्टर चुच्चेपाटीमा अनुगमन गरेका छन् ।

 बिद्यार्थी संघठन र नेपाल सरकारबीच भएको ४५ प्रतिशत विधार्थी परिचयपत्र छुट, अपाङग र जेष्ठ नागरिक परिचयपत्र सहुलियत सम्बन्धी व्यवस्था लागु गर्न समितिले आनाकानी गरेको प्रति गम्भिर ध्यानाकर्षक गर्दै बिद्यार्थी नेताहरुले अनुगमन गरेका हुन् ।

यातायात ब्यवसायीले विधार्थीको हक हीतमाथी हस्तक्षेप गरेको भन्दै यथाशिघ्र सहुलियत कार्यान्वयनमा नल्याए ससक्त आन्दोलन गर्ने भन्दै विधार्थी नेताहरुले अनुगमन मार्फत सचेत गराएका छन् ।

हेलम्बु यातायातले सरकारले दिएको सहुलियत सम्बन्धि ब्यावास्थालाई कार्यान्वयन नगरेको हुदा यो अनुगमन गर्नु परेको र् अब कार्यन्वयन गर्न अटेर गरे अनेरास्ववियुचुप लागेर नबस्ने अनेरास्ववियु सिन्धुपाल्चोकका अध्यक्ष हिरा चौलागाईले  परिवर्तन खबरलाई जानकारी गराए ।
बिबिध समस्याहरुको समाधान अब छिट्टै हुने पनि सिन्धुपाल्चोकका विद्यार्थी नेता अनिश खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्