प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्दै मन्त्रिपरिषद्को बैठक सम्पन्न



काठमाडौं, ३ माघ

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सात प्रदेशको प्रदेश प्रमुख  र प्रदेश मुकाम आज तोकेको छ । मन्त्रिपरिषद्को भर्खरै सम्पन्न बैठकले प्रदेश प्रमुखहरु तोकेको हो ।

सत्तारुढ कांग्रेस र मधेसवादी दुई दलले प्रदेश प्रमुखमा भागवण्डा गरेका छन् । प्रदेश ५ मा राजपाको   र प्रदेश १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ । अन्य ५ प्रदेशमा कांग्रेसको सिफारिसमा नियुक्ति भएका छन् ।

प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।

यसैबीच सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्