मोरिन्होले नयाँ सम्झौता गर्ने



काठमाडौं, ३ माघ

आफ्नो सम्झौता सकिनै लाग्दा प्रशिक्षक जोसे मोरिन्होले म्यानचेस्टर युनाइटेडसँग नयाँ सम्झौता गर्ने भएका छन् । युनाइटेड मोरिन्होसँग नयाँ सम्झौता गर्ने सहमति नजिक पुगेको छ ।

मोरिन्होको सम्झौता सन् २०१९ सकिँदैछ । नयाँ सम्झौताका लागि लगभग सबै कुरा मिलेको र अब उपयुक्त समय पर्खेर घोषणाको तयारी रहेको बिबिसीले उल्लेख गरेको छ ।

ट्रान्सफर बजेटमा रहेको असहमतिसहितका कुराले मोरिन्हो युनाइटेडमा रहने कुरामा आशंका गरिएको थियो । उनी सन् २०१६ मा म्यानचेस्टर युनाइटेडको जिम्मेवारी सम्हाल्न आएका हुन् । नयाँ सम्झौता सन् २०२१ सम्मका लागि हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्