पर्यटन विकासकाे लागि हात्ती महोत्सव



चितवन, ३ माघ

चितवनको रत्ननगरस्थित सौराहामा हालै सम्पन्न चितवन हात्ती महोत्सव पर्यटन विकासकाे लागि गरिएकाे हाे ।

सौराहालाई नमूना पर्यटन क्षेत्रका रुपमा विकास गर्ने योजना अघि सार्ने, पर्यटन विकासकाे लागि सहकार्य गरेर अघि बढ्ने तथा शहरका संपुर्ण घरहरू एकै रंगको बनाउने लगायतका कामहरू गरेर पर्यटन विकास गर्नेुपर्ने जस्ता कुरामा क्षेत्रीय होटल संघ चितवनले विशेष जाेड दिएकाे छ ।

उक्त कार्यक्रममा क्षेत्रीय होटल संघ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले यो वर्ष चितवनको पर्यटन विकासका लागि छिमेकी जिल्ला देखि भारतमा समेत प्रचार अभियान सञ्चालन गरिने बताए ।नेपाल पर्यटन वोर्ड, रत्ननगर नगरपालिका तथा विभिन्न संघसंस्थाको सहकार्यमा पर्यटन प्रचार अभियान भएकाे जनाएका छन् । अहिलेसम्म सौराहामा ३० प्रतिशत आन्तरिक पर्यटक आएकाले यसलाई ५० प्रतिशत बनाउन सके पनि पर्यटन व्यवसाय बताएका छन् । चितवनको सौराहामा सुविधायुक्त ११० होटल छन् भने करिब ६० वटा रेस्टुरेन्ट छन् । यहाँ दैनिक दुई हजार ८०० पर्यटक बस्न सक्ने क्षमता छ । चितवनमा वार्षिक करिब दुई लाख पर्यटक आउने तथ्यांक लार्इ अब बढाउनु पर्ने कुरामा जाेड दिएका छन् ।

उक्त कार्यक्रम क्षेत्रीय होटल संघ चितवनको आयोजनामा पुस ११ देखि १५ गतेसम्म चलेको १४औँ चितवन हात्ती महोत्सवको मंगलबार आयव्यय सर्वजनिक गर्दै संघले रु तीन लाख तीन हजार ८४५ नाफा भएको जनाएको छ ।

चितवनको सौराहामा संघको मंगलबार भएको सोह्रौँ वार्षिक साधारणसभाका क्रममा सहकोषाध्यक्ष गंगा गिरीले हात्ती महोत्सवमा कूल रु ३८ लाख ७८ हजार ७०० आम्दानी भएको र रु ३५ लाख ७४ हजार ८५५ खर्च भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्