नेपालीको रेल चड्ने अधुरो सपना पुरा हुँदै



काठमाडौं, २ माघ

नेपालीहरुको रेल चढ्ने अपुरो सपना अब चांडै पुरा हुने भएको छ । जनकपुर–जयनगरसम्मको ३५ किलोमिटर खण्डमा रेल निर्माण कार्य अन्तिम चरणमा पुगे सँगै रेल चढने सपना पुरा हुन लागेको हो ।

जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र त्यहाँबाट ६ किलोमिटर कुर्था भन्ने ठाउँसम्म रेल मार्गको लिक समेत निर्माण सम्पन्न भइसकेको बताइएको छ । जुन रेल प्रति घण्टा १०० किलोमिटर गतिमा गुड्ने छ । जयनगर–जनकपुर–कुर्थासम्मको ३५ किलोमिटर खण्डमा रेल गुडाउन आवश्यक पुर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ ।

भारतमा रेल प्रतिघण्टा ५० किलोमिटरको दरमा गुड्ने गरेका छन् । नेपालमा सञ्चालनमा ल्याउन लागिएको रेलले पहिलो चरणमा ६ वटासम्म डब्बा तान्न सक्छ । त्यसमा कम्तीमा पनि चार वटा इन्जिन राख्ने तयारी गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्