२०औं भूकम्प सुरक्षा दिवस मनाईयो



काठमाडौँ, २ माघ
आज काठमाडौँको वसन्तपुर दरवार क्षेत्रमा एक कार्यक्रमका बिच २०औं भूकम्प सुरक्षा दिवस मनाईयो । सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार भन्ने मुल नाराका साथ कार्यक्रम मनाईएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख अतिथिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले ०७२ सालको विनाशकारी भूकम्पबाट ठूलो पाठ सिकेको र भूकम्पबाट हुने जोखीम न्यूनीकरणको लागि काम गर्नुपर्ने बताए । सबै कुरा बोलेर भन्दा पनि व्यावहारिक रुपमै लागू गर्नुपर्ने पनि बताए । घर बनाउँदा सबैले अनिवार्य रुपमा भवन संहिताको नियम पालना गर्न देउवाले आग्रह गरे ।

त्यसैगरि काठमाडौँ महानगरपालीकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्प पीडितहरुले सरकारबाट पाउने तीन लाख अनुदान रकम र २५ लाख सहुलियत ऋण लिन असहज भएको भन्दै भूकम्पपीडितको लागि नक्सापास गर्दा लाग्ने रकम समेत महानगरले निःशुल्क गरेको बताए । शाक्यले नियम बनाउने र पालना गर्ने हामी आफू नै भएकाले हिजो जे भयो भोलि त्यो नहुने भन्दै एकजुट भएर अगाडि बढ्नु पर्नेमा समेत जोड दिए ।

कार्यक्रममा बोल्दै पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भूकम्पपीडितको लागि दिइने रकम किस्ता किस्तामा दिनुको कारण घर निर्माणको गुणस्तर पहिचान भएको जानकारी गराए । त्यस्तै धरहराको पुनर्निर्माण समेत अब प्राधिकरण आफैले गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्