सेनाले भारतको भन्दा सस्तोमा डिपिआर बनाउने



काठमाडौं, २ माघ

द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन  (डिपिआर)  आफैँले बनाउने  नेपाली सेनाले जनाएको छ । पत्रकार सम्मेलन गरेर भारतीय डिपिआर नलिएर आफैँ बनाउने सेनाले बताएको हो ।

यस अघि भारतीय कम्पनी आइएल एण्ड एफएसले डिपिआर तयार पारेको थियो तर सेनाले उक्त डिपिआर अस्वीकार गर्दै आफैँले द्रुतमार्गको डिपिआर बनाउने घोषणा गरेको हो ।

डिटेल इन्जिनियरिङ गर्न आव्हान गरिएको कन्सलट्यान्टबाट आवश्यक थप अध्ययन गराई नेपाली सेनाबाटै आयोजनाको डिपिआर तयार गरिने आयोजना उपनिर्देशक सूर्यप्रसाद खनालले जानकारी दिए ।

लामो विवादका कारण पुष्पकमल दाहाल नेतृत्वको सरकारले २१ वैशाखमा द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

भारतीय कम्पनीले बारम्बार आफ्नो डिपिआर किन्नु पर्ने शर्त राख्दै आएको थियो । तसर्थ प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले भारतीय कम्पनीले बनाएको डिपिआर किन्ने निर्णय गर्दै सेनालाई अध्ययन गर्न भनेको थियो ।

त्यसै सन्दर्भमा नेपाली सेनाले उक्त डिपिआरको अध्ययन गर्दै डिपिआर पूर्ण नभएको र भारतीय कम्पनीले प्रस्तावित गरेको मूल्यमा असहमत हुँदै आफैँ बनाउने निर्णय गरेको हो ।

सेनाले भनेको छ,  ‘अध्ययनक्रममा  डिपिआर  पूर्ण छैन र भारतले  भनेको मूल्य  दिन पनि सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्