झलनाथसँग मनाए घलेहरुले ल्होसार



काठमाडौं, २ माघ

हिजो माघ १ गते लमजुंगको बेसीसहरमा घलेहरुको ल्होसार पर्ब धुमधामसँग मनाइएको छ ।  लिल फङ्गले आयोजना गरेको केन्द्रिय लिला ल्होसा २०७४ यो पटक  लमजुंगको बेशीसहरमा नेकपा एमालेका बरिस्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आथित्यमा सम्पन्न भएको हो  ।

कार्यक्रममा ल्होसारको शुभकामना दिदै  खनालले यो मुलुकको १२९ जातजाति १२३ भाषाभाषीमध्धे एउटा छुट्टै विशेषता भएको जाती हुँदाहुदै पनि  घलेहरुलाई आदिबासी जनजातिको अनुसूचिमा सुचिकृत नगराउनु विडम्बनाको बिषय भएको बताए  । घलेहरुको छुट्टै भाषा छ, भेषभुषा छ अनि रितिरिवाज छ तेसैले आगामी बन्ने बामपन्थी सरकारले घलेहरुलाई पनि आदिबासी जनजातिको अनुसूचिमा सुचिकृत गराएरै छाड्ने समेत उद्घोष गरे  ।

सबै जातजातिको समानुपातिक ढंगले हक अधिकार र उत्थान नभए सम्म यो मुलुक सम्वृद्धिमा जान नसक्ने समेत प्रष्टाए  ।

लिल फङ्गको केन्द्रिय अध्यक्ष निदेश घलेको अध्यक्षतामा सम्मपन्न उक्त कार्यक्रममा पुर्ब संसद जमिन्द्रमान घले, प्रा.डा. दानाराज रेग्मी, डा. कृष्ण भट्टचन लगायतको उपस्थित रहेको थियो  । घलेहरुले माघ १ गतेलाई आफ्नो  ल्होसार मनाउदै आएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्