उद्धव पौड्यालको प्रतिमा बन्दै



काठमाडौं, २ माघ
नेपालका एक बरिष्ठ चलचित्रकर्मी एवं कलाकर्मी उद्धव पौड्यालको पुर्णकदको प्रतिमा निर्माण हुने भएको छ । नेपाल सरकारबाट विशिष्ट चलचित्रकर्मीबाट बिभुषित उद्धव पौड्याल एनएफडिसीका पूर्व अध्यक्ष समेत हुन् ।

नेपाल चलचित्र विकास कम्पनी लिमिटेडको २४ औँ बार्षिक साधारणसभाबाट पौड्यालको प्रतिमा निर्माणको प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको हो । नेपाल सरकार मातहतको नेपाल चलचित्र विकास बोर्ड स्थापनामा पौड्यालको महत्वपुर्ण भुमिका रहेको छ ।

अध्यक्ष उज्वल पौडेलका अनुसार, एनएफडिसीले आफ्ना व्यवसायिक रणनिती परिमार्जित गरेको छ ।  नेपाली चलचित्र निर्माण, प्रदर्शन र वितरणसंगै  संचार  क्षेत्रमा पौड्यालको संलग्नता छ । एनएफडिसीको प्रेक्षलय परिसरका पौड्यालको प्रतिमा निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्