थाहापाईराखौं महिलाको परपुरुष संगको सामिप्याताले पुरुषमा सेक्स उत्तेजना बढ्ने



काठमाडौँ, २ माघ : पुरुषले आफ्नो श्रीमती वा जीवनसाथीलाई जतिधेरै अरु परपुरुष संग हिडेको बातचित गरेको देख्छ उति उसले आफ्नी श्रीमती वा जीवनसाथी संग सेक्स गर्न रुचि राख्दछ भन्ने एक अनुसन्धानबाट खुल्न आएको छ । जसको कारणमा आफ्नी श्रीमती परपुरुष संग ननजिकियोस् भन्ने नै हो ।

अमेरिकाको अक्ल्याण्ड विश्वविद्यालयका प्रमुख सोधकर्ता माइकल फामका अनुसार यो मानवीय प्रकृति हो कि ‘म’ आफ्नो श्रीमतीलाई वा पार्टनरलाई विश्वास तथा आफू परपुरुष भन्दा सक्षम–सवल भएको प्रमाणित गर्न पुरुषले यसो गरेको हो । आफु क्षमतावान र मूल्यवान भएको विश्वास दिलाउन पुरुषले आफ्नी श्रीमतीलाई पटकौं र आनन्ददायी तवरले सेक्स गर्न चाहान्छन् । कारण उनीहरुको बीचमा अर्को तेस्रो व्यक्ति खडा भएको उसले पचाउन गाह्यो मान्दछ ।

उनले भनेका छन्–आफ्नो पार्टनरलाई धेरथोर आफ्नो सेक्स जीवनलाई लिएर प्रेरणाको काम गरेको हुन्छ ।

यसका लागि माइकल फामको टिमले सम्बन्ध बजबुत बनाउन प्रतिबद्ध ३९३ पुरुषहरुको धाराणा लिएको थियो ।

सोधका क्रममा उनीहरुले तपाईको पार्टनर कति आकर्षक छ । उनका कति केटा साथीहरु छन् ? जस्ता प्रश्नहरु गरेका थिए । उनले पुरुष साथीहरुलाई कति आकर्षक मान्छिन् ? उत्तरमा पार्टनर जति आकर्षक भयो उत्ति नै बढी सेक्स हुने गरेको बताएका थिए ।

जर्नल अफ कम्पेरेटिव साइकोलोजीमा प्रकाशित यो सर्वेक्षण अनुसार पुरुषले जब आफ्नो साथीले धोका दिन सक्छ भन्ने अनुमान लगाउँछन् उत्ति नै बढी सेक्स गर्न आतुर हुन्छन् । –एजेन्सी

प्रतिक्रिया दिनुहोस्