२८औँ राष्ट्रिय फुटबल च्याम्पियनसिप हुँदै



दाङ, १ माघ : अठ्ठाइसौँ राष्ट्रिय च्याम्पियनसिप फुटबल प्रतियोगिता तुलसीपुर अरनिको र घोराही भरतपुरको मैदानमा मंगलबार माघ २ गते देखि सुरु हुने भएको छ ।

च्याम्पियनसिप फुटबल प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने भएको छ । प्रतियोगिताको उद्घाटन अपराह्न १ बजे हुने भएको र प्रतियोगिता अरनिको मैदानमा उद्घाटन गरिने फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठले बताए ।

प्रतियोगिताको पहिलो खेलमा सशस्त्र प्रहरीको विभागीय टोली एपिएफ र मध्यपश्चिम विकास क्षेत्र तथा दोस्रो मध्यमाञ्चल क्षेत्रीय टोली र सुदुरपश्चिमाञ्चल क्षेत्रीय टोलीबीच हुनेछ । अन्तिम प्रतियोगिता माघ ६ गते घोराहीमा हुने संघका अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्