ला लिगा छाडेर रियल मड्रिड च्याम्पियन्स लिगमा केन्द्रित



काठमाडौं, १ माघ

जारि स्पेनिस ला लिगामा निराशाजनक प्रर्दशन गरिरहेको साविक विजेता रियल मेड्रिड अब च्याम्पियन्स लिगमा केन्द्रीत हुने भएको छ ।शनिवार भिल्लारियलसँग पराजित भएको रियल लिग लिडर बार्सिलोना भन्दा १९ अंकले पछि परेको छ । यो अवस्थामा ला लिगाको उपाधि को आशा उसले लगभग मारिसकेको छ ।

रियलका मिडफिल्डर टोनी क्रुसले पनि यही कुराको संकेत गरेका छन् । उनले ला लिगाको उपाधि दौड लगभग सकिएको भन्दै क्लबले अर्को सिजन च्याम्पिन्स लिग छानोट हुने लक्ष्य राखेर अघि बढ्नु पर्ने बताएका छन् ।

उनले शिर्ष चारमा रहेर सिजनको अन्त्य गर्ने गरी अघि बढ्नुको विकल्प नरहेको बताए । बार्सिलोनासँग अंक दुरीमा खाडल परिसकेकाले अर्को खेलका बारेमा टोली केन्द्रीत हुनुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्