नाँचगान सहित भोजपुर मेला हुँदै



काठमाडौं, १ माघ

ऐतिहासिक डबली मेलाले परिचित भोजपुर नगर मेला २०७४मा आजभोली थप साँस्कृतिक बेजोड प्रस्तुतीले रौनक थपिदिएको छ । युवापुस्ताको लागि ‘रोदीघर’ बनेको छ, यतिबेला मेला । कारण थपिएको सांगातिक माहोल । विशेषगरि युवापुस्ताको लागि जमात बढी झुम्मिने गरेका छन् । साँझ पर्नसाथ नाँचगानको भरपुर मनोरञ्जन लिन आउने पुस्ताको लागि गितसंगितको तालमा नाँच्ने, गाउने, उफ्रने ‘लोकल डान्सबार’ नै हुने गरेको छ । बेलुकी भएपछि युवापुस्ताको माहोल तत्तिने भएकाले मेलाको रौनक बढाएको छ, नाँचगानले ।

मेला हेर्ने त छँदैछ त्यो माथि विविध मनोरञ्जनात्मक साँस्कृतिक, सांगातिक कार्यक्रमले दर्शकको ध्यान खिच्ने गरेको छ । दिनानुदिन मध्यान्हपश्चात एक शो र साँझको दोश्रो शो प्रस्तुति हेर्न भोजपुरे दर्शकको घुँईचो लाग्ने गर्छ । सामाजिक विकास संस्था भोजपुरको आयोजित मेलामा धरान, ईटहरीका ख्यातीप्राप्त कलाकारको गायन, क्यारिकेचर, डान्स, कमेडीयन बेजोड प्रस्तुती रौनक हेर्न बालकदेखि बुढापाकासम्मका सयौँको संख्यामा दर्शकहरु नाँचगान हेर्न झुम्मिने गर्छन् ।

पौष १५ गतेदेखि स्थानिय भोजपुर टुँडिखेलमा सुरु रमाईलो भोजपुर नगर मेला २०७४ मा दिनानुदिन मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुती हुने गरेका छन् । भोजपुरको आन्तरिक तथा बाह्य पर्यटनको प्रबद्र्धन गर्न आयोजित मेला हेर्न आउने दर्शकलाई मोहित गर्नलाई पनि नाचगानले भरपुर मेलाको शोभा बढाईदिएको छ ।

पुषको यो कठ्याङ्ग्रिने चिसो साँझको शोमा कलाकारले नाँच्दै गाउँदै, हाँस्य प्रस्तुतीले माहोल तताउने गर्छन् । उनीहरुको प्रस्तुतीमा चिसोको परवाह नगरी भोजपुुरे दर्शकहरु नाँच्ने, गाउने, उफ्रिने गर्छन् । जसले यतिबेला मेलाको माहोल बजोडले गर्माउने गरेको छ । घरबाट काम लिएर शनिबारे हटिया, सदरमुकाम आउने टाढाटाढाका मानिसहरु मेलामा साँस्कृतिक प्रस्तुती हेरेर दंग भएर घर फर्केने गर्छन् । माघ ६ गतेसम्म चल्ने मेलामा विभिन्न किसीमका मनोरञ्जनात्मक कार्यक्रम लगायत स्थानियस्तरका उत्पादित कृषिजन्य, हस्तकला, अन्य सामाग्रीहरुको प्रदर्शनी गरिएका छन् । जिल्लाका यीनै बस्तु, कला, सामाग्रीको अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारको लागि पनि मेला आयोजना गरिएको संस्थाका अध्यक्ष मनोज खनाल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्