आज योग दिवसको अवसरमा र्याली



काठमाडौँ, १ माघ : राष्ट्रिय योग दिवस–२०७४ का अवसरमा ‘योग गरौँ, रहौँ निरोग’ भन्ने नाराका साथ आज काठमाडौँमा एक र्यालीको आयोजना गर्यो । शिक्षा मन्त्रालयको आयोजनामा भएको सो र्यालीमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, पतञ्जली योग समिति नेपालसहित योग साधक, विद्यालयका छात्रछात्रा तथा प्रहरी एवं ब्याण्ड बाजागाजाका साथ नगर परिक्रमा गरिएको थियो ।

शान्तिबाटिकाबाट शुरु भएको सो र्याली रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, शहीदगेट, सुन्धारा, खिचापोखरी, इन्द्रचोक तथा भोटाहिटी हुँदै पुनः शान्तिवाटिकामा आई समापन भएको थियो ।

कार्यक्रमको उदघाटन गर्दै शिक्षा मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले योग दिवस आज एक दिन मनाएर पुग्दैन, हरेक मानिसको स्वस्थ्यताका लागि व्यक्तिले योगलाई जीवनभरिका लागि आत्मसात् गर्नुपर्ने बताउनुभयो ।

उहाँले ‘सबैका लागि सधैँका लागि योग’ भन्ने नाराका साथ यो अवसरलाई देशव्यापी जनचेतना फैलाउने तथा योगलाई घरघर पु¥याउनुपर्नेमा जोड दिनुभयो । रेग्मीले मानिसमा बौद्धिक तीष्णता वृद्धि गर्ने तथा सुखी र सम्पन्न जीवन बिताउन पनि योगको महत्व रहेको उल्लेख गर्नुभयो ।

समापन मन्तव्य दिँदै मन्त्रालयका सहसचिव डा हरि लम्सालले सरकारले योगको महत्वलाई ध्यानमा राख्दै हरेक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवस मनाउँदै आएको बताउनुभयो । र्यालीको संयोजन ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्