माघको पहिलो सातामा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता



काठमाडौँ, ३० पुस : धनकुटामा आगामी माघको पहिलो सातामा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ ।

उक्त प्रतियोगिता माघ ४ देखि ६ गतेसम्म सञ्चालन गरिने धनकुटा सदरमुकामको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । प्रतियोगिताको आयोजना राष्ट्रिय तेक्वान्दो संघ, राष्ट्रिय खेलकूद परिषद र जिल्ला खेलकूद विकास समितिको सहयोगमा सञ्चालन हुन लागेको तेक्वान्दो जिल्ला संघ धनकुटाका अध्यक्ष गौरव कार्कीले जानकारी दिए ।

प्रतियोगितामा १ सय ७० जना खेलाडी, १५ प्रशिक्षक तथा २५ जना निर्णायक सहभागी हुने छन् । विभिन्न ८१ पदकका लागि २७ इभेन्टमा प्रतिष्पर्धा हुनेछ । प्रतियोगिता सम्पन्न गर्न करिब ११ लाख रुपैयाँ खर्च हुने आयोजकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्