प्रवासी नेपाली मञ्च दुबईमा मणिराम खतिवडा निर्वाचित



२९ पुस २०७४

हिजो सुक्रवार प्रवासी नेपाली मञ्चको दुबई राज्य कमिटीको छैठौ अधिवेशन बरदुबईको सिल्भरस्पून रेस्टुरेन्टमा मञ्चका युएई अध्यक्ष श्याम कंडेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

अधिवेशनमा राष्ट्रिय कमिटीका पदाधिकारी तथा सदस्यहरु , विभिन्न राज्य कमिटी अध्यक्षहरु र प्रवासमै रहेका समाजसेवीहरु अतिथि थिए ।

कमिटीका संयोजक दिपक राउतको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनमा बिघठित कमिटीका उपाध्यक्षले राजनैतिक र सांगठनिक प्रतिवेदन पेश गरेका थिएभने सचिव मणिराम खतिवडाले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

अधिवेशनले मणिराम खतिवडाको अध्यक्षतामा १३ सदस्यीय पूर्ण कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्ष कैलास भण्डारी, सचिव दिलिप खाती, सहसचिव भागिरथ चापागाईं र आर्थिक विभाग प्रमुखमा बस्ती लामा रहेका छन् ।

कमिटीको सदस्यहरुमा रिता आचार्य , अनिल श्रेष्ठ, नेत्र भुसाल, राजु बोगटी, वसन्त कार्की र बाबुराम विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका छन् । कमिटीको विधान अनुसार २ जना सदस्य कमिटीले थप्न सक्ने छ ।
नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिनुहुँदै मञ्चका राष्ट्रिय कमिटी अध्यक्ष श्याम कंडेलले देश समृद्धिको अभियानमा आफ्नो ठाउंबाट लाग्न अपिल गरे ।
युएईमा गर्न हुने र नहुने कामहरुको बारेमा समेत सबैलाई सचेत गराएका थिए । प्रवासी नेपाली मञ्च नेकपा एमालेको प्रवास संगठन हो ।

 

प्रतिक्रिया दिनुहोस्