३७ वर्षपछि छिन्ताङ मुस्कुराउदै



काठमाडौँ, २९ पुस

३७ बर्ष अघि तत्कालिन एक  अरुणिक घटनालाई सम्झिएर ‘खुकु छिन्ताङ दुख्यो कि , अरुण सुसाउदा, मन सबको रुन्छ कि दुख बिसाउदा’ भन्ने मर्मस्पर्सी गित  बनाएर गाइएको थियो । तर पंचायतकाल भरि सरकारले त्यो गित गाउन, रेडियो तथा टेलिभिजनबाट प्रसारण गर्न पुरै प्रतिबन्ध लगाइएको थियो । बहुदल आएपछि मात्रै त्यो गीतले न्याय पाएको थियो। त्यसपछि गाउगाउमा गन्धर्बहरुले यो गीतलाई आफ्नो सारंगीको भाकामा सुनाउदै हिड्ने गर्थे  ।

त्यसै गीतले बेदना पोखेको घटना २०३७ सालमा धनकुटा जिल्लाको छिन्ताङमा घटेको थियो । कम्युनिष्ट भएको आरोपमा छिन्ताङमा  हत्या गरिएका १६ जनालाई सरकारले  केहि दिन अघि मात्रै सहिद घोषणा गरेको छ । प्रजातन्त्र हुँदै गणतन्त्र स्थापनामा उनीहरूको भूमिकाको सम्मान गर्दै हत्याकाण्डको ३७ वर्षपछि  सहिद घोषणा गरिएको हो ।

तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको सरकारले पञ्चायतकालमा कम्युनिस्ट विरुद्धको अप्रेसन सञ्चालन गर्दा तत्कालीन मालेका कार्यकर्ता भएको आरोपमा छिन्ताङमा १६ जनाको सामूहिक हत्या गरेको थियो । उक्त हत्याकाण्ड तत्कालीन प्रधानमन्त्री थापाको प्रत्यक्ष निर्देशनमा भएको आरोप लाग्दै आएको छ । लामो समयदेखि हत्याकाण्डमा मारिएकालाई सहिद घोषणा गर्न माग भए पनि सरकारले सम्बोधन गरेको थिएन ।

यतिखेर तिनै छिन्ताङ घटनाको आरोपी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापाको प्रस्तावमा मन्त्रिपरिषद्ले उनीहरूलाई सहिद घोषणा गरेको हो । उद्योगमन्त्रीसमेत रहेका थापाले मन्त्रिपरिषद्मा सहिद घोषणा गर्ने प्रस्ताव पेस गरेका थिए । प्रस्तावमा छिन्ताङ घटनामा शाहदत प्राप्त गर्ने व्यक्तिको प्रजातन्त्र ल्याउने अभिलाषा पूरा भई गणतन्त्रसमेत स्थापना भइसकेको पृष्ठभूमिमा उनीहरूको अमूल्य भूमिकाको कदर गर्दै सहिद घोषणा गर्न माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्