नाट्टाको अध्यक्षमा सिएन पाण्डेको सानदार जित



काठमाडौं, २९ पुस

शुक्रबार होटेल सोल्टीमा भएको नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को चुनाबी परिणाम सार्बजानिक भएको छ । अध्यक्षमा सिएन पाण्डे भारि मतका साथ निर्वाचित भएका छन् ।

सम्पन्न निर्वाचनको शुक्रबार रातभरी मत गनेर शनिबार विहान ३ बजे  नै परिणाम सार्बजानिक गरिएको हो । मत परिणाम घोषणासंगै पाण्डे सानदार विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्दि डिके शर्मालाई पराजित गरेका हुन् । बिजयी भएसंगै पाण्डे समूहबाट प्रथम उपाध्यक्ष, महासचिव र सहकोषाध्यक्ष पनि  निर्वाचित भएका छन् भने द्वितिय उपाध्यक्ष, सचिव र कोषाध्यक्ष शर्मा प्यानलका निर्वाचित भएका छन् । यसरि हेर्दा निर्बाचित हुनेहरु मध्धे पाण्डेकै पल्ला भारि देखिएको छ ।

निर्बाचित हुनेहरुमा

अध्यक्ष : सिएन पाण्डे

प्रथम उपाध्यक्ष : अच्युत गुरागाईं

द्वितिय उपाध्यक्ष : संगिता जिरेल

महासचिव : रमेश थापा

सचिव : सविता भट्टराई

कोषाध्यक्ष : रामप्रसाद श्रेष्ठ

सह कोषाध्यक्ष : सुरेन्द्र भट्टराई

सदस्यहरु :

१) सुदर्शन नेपाल

२) देबकी गुरुगँ

३) फुरी ग्याल्जेन शेर्पा

४ ) अमृत कुमार ढकाल

५) रमेश पौडेल

६) राजु ढकाल

७) ईनु थापा

८ ) गीता ढकाल

निर्वाचित भएका छन् । यद्यपी अध्यक्षका प्रत्यासी डिके शर्माले पुनः मत गणना हुनु पर्छ भन्ने माग राख्दै विवाद सिर्जना गरेपछि परिणाम घोषणा हुन ढिलाई भएको  थियो ।

विजयीहरुको तस्बिर

प्रतिक्रिया दिनुहोस्