कुर्लीय न्यायमूर्ति : सडकमा प्रमाणपत्र देखाउन आवश्यक छैन



२९ पुस २०७४

रुकुम :  नेपाली न्याय क्षेत्रमा अहिले सम्मकै विवादित वर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र आफुले पेश गर्ने ठाउँमा प्रमाण सहित पेशा गरिसकेकोले सडकमा प्रमाण देखाउँदै हिँड्न आवश्यक नरहेको बताएका छन् ।

रुकुम पूर्वको जिल्ला अदालत शुक्रबार उद्घाटन गर्दै उनले भने,”अहिले सडकमा कोही कराउँदैमा केही हुनेवाला छैन, आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको हुँ ।”

विभिन्न वहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केही शक्ति लागेकाले त्यो सम्भव नहुने उनको धारणा छ। ‘हिजो पनि न्यायालय न्यायमूर्ति थियो”,उनले भने, ‘आज र भोलि पनि न्यायमूर्ति रहन्छ।’

न्यायकर्मी जनताको भावना, न्यायको मूल्यमान्यता, पद्धति र प्रणालीबाट चल्ने गरेको बताउँदै उनले जिल्ला अदालत पनि सोही प्रणालीबाट चलिरहेको र अबका दिनमा पनि त्यसरी नै सञ्चालन हुन निर्देशन दिए। (रासस)

प्रतिक्रिया दिनुहोस्