प्रेस वक्तव्य : एमालेले तोक्यो उम्मेदवारको योग्यता र मापदण्ड



काठमाडौं, २८ पुस : एमाले केन्द्रीय सचिवालयको ४९ औं बैठकले निर्वाचन प्रयोजनका लागि उमेदवारको मापदण्ड तोकेको छ ।

एमालेले निर्धारण गरेको मापदण्डमा संविधानको धारा (८७) बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आवद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधि लगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएका छन् । त्यस्तै स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएकालाई उमेदवार बनाउने मापदण्ड एमालेले तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्