साथ दिन्थे तिमिलाई हाम्रो जातै मिलेन



गजल

समाजले भन्ने गर्छ हाम्रो नातै मिलेन
साथ दिन्थे तिमिलाई हाम्रो जातै मिलेन

तिमी पश्चिम जाऊँ भन्छौ म पूर्व जानुछ
सँगै जाने चाहा थियो हाम्रो बाटै मिलेन

तिमी पारी म वारी बीचमा छ किनार यो
भेट्ने चाहना अपूरै भो हाम्रो साथै मिलेन

धर्म अनि संस्कृति रे रितिरिवाज परम्परा
जातभातका पर्खालले पो हाम्रो वातै मिलेन

जानकी श्रेष्ठ
खाँडादेवी गापा–३, भिरपानी, रामेछाप
हाल, काठमाडौँ

प्रतिक्रिया दिनुहोस्