इङ्ग्लिस काराबाओ कपमा आर्सनल र चेल्सीले अंक बाँडे



काठमाडौं, २७ पुस

गए राति इङ्ग्लिस काराबाओ कपमा आर्सनल र चेल्सीले सेमिफाइनल खेलको पहिलो लेगमा गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।रेफ्रि मार्टिन एट्किन्सनले दुवै टोलीको एक-एक पेनाल्टिको अपिललाई ‘भिडियो असिस्टेन्ट रेफ्रि’ द्वारा अस्वीकृत गरेसगै खेलको अधिकांस समयमा चेल्सी र आर्सनल दुवै टोलीले खेलमा केहि मौका पाए पनि तिनको सदुपयोग गर्न सकेनन् ।

अस्ति राति भएको अर्को सेमिफाइनल खेलमा भने म्यानचेस्टर सिटीले ब्रिस्टोल सिटीलाई सर्जियो अगुएरोको निर्णायक गोलको मद्दतले २-१ ले हराएको पनि थियो । आर्सनलले आफ्ना खेलाडि एलेक्सिस सान्चेजलाई बेन्चबाट सुरुवात गराएका थिए । सान्चेजको यसै ट्रान्सफर विन्डोमा म्यानचेस्टर सिटी जाने हल्ला पनि रहेको छ । त्यस्तै अब आर्सनल र चेल्सी जनवरी २४ को दोस्रो लेगमा आर्सनलको घरेलु मैदान एमिरेट्समा भिड्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्